१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०८:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

सातै प्रदेशमा ओलम्पिक टर्च 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०८:३८:००

सागमा कीर्तिमानी प्रदर्शन गरेकादेखि ओलम्पिक खेलेका चर्चित खेलाडीले देशभर ओलम्पिक टर्च परिक्रमा गराउने

१३औँ दक्षिण एसियाली खेलकुद (साग)को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्‍याइने भएको छ । ओलम्पिक टर्च र्‍याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबार बिहान स्वयम्भूमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गर्नेछन् । त्यसपछि टर्च र्‍याली प्रारम्भ हुने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

टर्च सातै प्रदेशका मुख्य सहरमा पुर्‍याइने अध्यक्ष श्रेष्ठले बताए । र्‍यालीमा ओलम्पियन खेलाडी तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी करातेका दीपक श्रेष्ठ सहभागी हुनेछन् ।

भौतिक पूर्वाधार निरीक्षण
कास्की/गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरीक्षण गरेका छन् । मुख्यमन्त्री गुरुङले पूर्वाधार निर्माणका लागि क्याबिनेट बैठक बसी बजेट विनियोजन गर्न सक्ने बताएका छन् । ‘साग सम्पन्न गर्न रकम अभाव छ भने
हामी तत्काल निर्णय गरी विनियोजन गर्छौं,’ गुरुङले भने, ‘यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो ।’