१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:५२:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडी लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले ओलम्पियक टर्च शान्तिदीपमा बालेर र्‍यालीका संयोजक उमेश मास्केलाई हस्तान्तरण गर्दैे खेलाडीहरूलाई सफलताको शुभकामना दिए ।

नेपाल खोखो संघका महासचिवसमेत रहेका सदस्यसचिव शाक्यले लुम्बिनीको पवित्रभूमिबाट लगिएको ओलम्पियक टर्चले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताए ।

मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने सात सदस्यीय टोली  शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुग्नेछ । खेलाडीहरूले बिहीबार बिहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी  पोखरातर्फ लागेका छन् । ओलम्पियक टर्च र्‍यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको ओलम्पिक टर्चले पोखराका ओलम्पियनहरू माझ पुर्‍याएर ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी विकास कोषका सदस्यसचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरूले खेलाडीलाई खादा लगाएर स्वागतसहित सफलताको शुभकामना दिए ।
 

ad
ad