पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताव आलमको बयान बुधबार (आज) पनि सकिएको छैन ।
राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता आलमको बयान दोस्रो दिन पनि बयान नसकिएपछि अब बिहीबार पनि बयान हुने छ । जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा आलमको बयान भएको थियो ।
न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको थियो । बुधबार आलमलाई ३२ वटा पत्र सोधिएको थियो ।
आलमले बुधबार न्यायाधीसले सोधेको पश्नको इन्कारी बयान दिएको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए । मंगलबार आलमले ९ वटा प्रस्नको उत्तर दिएका थिए ।