१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार ११:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सांसद विनोद चौधरीसँग सिआइबीले लियो बयान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार ११:४५:००

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सांसद विनोद चौधरीसँग बयान लिएको छ । 

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै हिजो सिआइबीले संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो । 

त्यसको भोलिपल्ट सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा चौधरीसँग बयान लिएको हो । 

अर्बपति उद्योगी चौधरी प्रतिनिधिसभामा कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले ०४३ मा हडपेको थियो । उक्त जग्गामा समूहले सिजी चाँदबाग स्कुल चलाइरहेको छ ।

अनुसन्धानका क्रममा सिआइबीले विनोद चौधरीका भाइ अरुण, तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत १८ माघमै पक्राउ गरेको थियो । ६ दिनको हिरासतपछि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको छ ।