१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ६ शनिबार १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार

प्रमुखको बिदाइसँगै स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार १७:१६:oo

सिराहाको लहान नगरपालिका २४, गोविन्दपुर स्वास्थ्य चौकीअन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई वडा कार्यालयले साइकल वितरण गरेको छ। 

नगरकै ठुलोमध्येको मानिने उक्त वडा क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहजताका लागि एक-एक थान साइकल वितरण गरिएको वडा कार्यालयले जनाएको छ। साबिकको गोविन्दपुर मलहन्मा गाविस लहान नगरमा समाहित हुँदा एउटै वडा कायम गरिएकाले साबिकका नौ वडामा काम गरिरहेका नौजना स्वयंसेविकालाई साइकल वितरण गरिएको वडाध्यक्ष रासलाल रायले जानकारी दिए। 

‘वडाको भूगोल ठुलो भएकाले स्वयंसेविकाहरूको सेवा प्रवाहमा सहजता ल्याउन वडाको आर्थिक वर्ष ०८१-८२ को बजेटबाट साइकल दिइएको हो,’ उनले भने, ‘साइकल पाएपछि स्वयसेविकाहरूले आफ्नो जिम्मेवारीको क्षेत्रमा खोप अभियान, मातृ शिशु स्वास्थ्य सेवा, जनचेतनामूलक कार्यक्रम सहज रूपले सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ।’
स्वास्थ्य चौकी प्रमुखको बिदाइ साइकल वितरण समारोहमा उमेरहदको कारण ४ वैशाखमा अनिवार्य अवकाश पाएका गंगाराम साहलाई बिदाई गरिएको छ। पछिल्लो करिब ६ वर्षदेखि गोविन्दपुर स्वास्थ्य चौकीका प्रमुखको रूपमा कार्यरत साहलाई वडाध्यक्ष रायसहित वडासचिव लखन साह, स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय बासिन्दाले अबिर, दोसल्ला, खादा, माला लगाइदिएर बिदाइ गरेका हुन्।

स्वास्थ्य चौकी प्रमुखको रूपमा साहको संयोजनमा प्रदान गरिएको स्वास्थ्य सेवा जनमुखी रहेको स्मरण गर्दै वडाध्यक्ष रायले चौकीमा अपांगता भएका बिरामीहरू, लागुऔषधको दुर्व्यसनमा फसेका युवाहरूको मनोपरामर्श र उपचारमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए। ‘स्वास्थ्य चौकीको प्रमुखको रूपमा सेवा सञ्चालनसँगै समय-समयमा शिविर सञ्चालन गरी विभिन्न संक्रामक तथा गैर–संक्रामक रोगहरूको पहिचान र निदानका लागि निवारणको क्षेत्रमा उहाँको भूमिका र सक्रियता अविस्मरणीय रह्यो,’ उनले भने।