१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महरासँग म्याराथन बयान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२o:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलेक्ट्रिक चुरोट भेपमा लुकाई भएको साढे नौ किलो सुन अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरासँग प्रहरीले बिहीबार पनि बयान लिने क्रम जारी राखेको छ । सिआइबीले उनलाई कार्यालयमा नै उपस्थित गराएर बयान लिइरहेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महरासँग बुधबारदेखि बयान लिन सुरु गरेको थियो । उनीसँगको बयान शुक्रबार पनि जारी रहनेछ । सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीले महरासँग बयान लिने क्रम जारी रहेको बताए । ‘महरासँग बयान लिने क्रम जारी छ । बुधबारबाट उहाँसँग बयान लिने क्रम सुरु भएको हो । बयानका लागि उहाँलाई कार्यालयमा नै उपस्थित गराइएको छ, यो क्रम शुक्रबार पनि जारी रहनेछ,’ ज्ञवालीले भने । 

सिआइबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । सोही दिन काठमाडौं जिल्ला अदालतले थप अनुसन्धान गर्न उनीविरुद्ध चार दिनको म्याद थप गरेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सोही दिनबाट उनी थापाथलीस्थित नर्भिक अस्पतालमा छन् । उनलाई बयान लिन सिआइबीले नर्भिकबाटै कार्यालयसम्म ल्याउने–लैजाने काम गरिरहेको छ । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले घटनामा संलग्न रहेको भन्दै महराविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही सिफारिसपछि उनलाई सिआइबीले पक्राउ गरेको हो । घटनामा उनका छोरा राहुल महरा पनि जोडिएका थिए । सोही कारण उनी अहिले पुर्पक्षका लागि जेलमा छन् । 

ad
ad