१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर  काठमाडाैं
२०७६ कार्तिक १७ आइतबार १३:५७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

ग्यास्ट्रिक कार्सिनोमा कारण र उपचार 

Read Time : > 1 मिनेट
मञ्जु टेलर  काठमाडाैं
२०७६ कार्तिक १७ आइतबार १३:५७:००

डा. सागर रिमाल 
जनरल सर्जन
देवदह मेडिकल कलेज, रुपन्देही

ग्यास्ट्रिक कार्सिनोमा पेटको क्यान्सर हो, जुन महिलाको तुलनामा पुरुषमा बढी देखिने गर्छ । जापानमा ग्यास्ट्रिक कार्सिनोमाबाट धेरै जनसंख्या पीडित भएको पाइन्छ  । त्यहाँको जीवनशैली र खानपिनका कारण औसत एक लाख जनसंख्यामध्ये ८० भन्दा बढी ग्यास्ट्रिक कार्सिनोमाका बिरामी पाइन्छन् । नेपालमा औसत १ लाख जनामध्ये अनुमानित १० देखि २० जनामा समस्या देखिने गर्छ । 

कारण

  • ग्यास्ट्रिक कार्सिनोमा आमाशयको फेद अर्थात् सानो आन्द्रा जोड्ने ठाउँमा बढी हुने गर्छ । यो रोग लगभग अन्तिम स्टेजमा पुगिसकेपछि मात्र पत्ता लाग्ने गर्छ ।
  • झन्डै १० प्रतिशतमा वंशाणुगत गुणका कारण आमाशयको क्यान्सर हुन सक्छ । आमाबाबुमा क्यान्सर भएमा बच्चामा पनि हुने सम्भावना रहन्छ । जिन एक्टिभ डिफेक्टका कारण यस्तो हुन्छ । हेलिको वाइलरी इन्फेक्सन अर्को मुख्य कारण हो । आमाशयमा कुनै मासुको डल्ला (जसलाई पोलिक भनिन्छ) भएमा पनि ग्यास्ट्रिक कार्सिनोमा हुन्छ ।
  • रक्तअल्पता र ए पोजेटिभ रगत ग्रुप भएका व्यक्तिमा पनि यस्तो क्यान्सरको सम्भावना बढी हुन्छ । क्रोनिक ग्यास्ट्राइटिस भएका व्यक्तिमा यस्तो समस्या देखिन सक्छ । पोलेको खानेकुरा बढी खानु अर्को कारण हो । अत्यधिक धूम्रपान र मद्यपान गर्दा पनि यसको सम्भावना बढेर जान्छ । 

उपचार

  • ग्यास्ट्रिक कार्सिनोमा आमाशयबाट अन्य अंगमा पनि सर्दै जाने भएकाले सुरुवातको चरणमा पत्ता लगाएर उपचार गर्नुपर्ने हुन्छ । रगतको माध्यम, इन्फेक्टिभ टेन्डल आदि विभिन्न कारणले एक अंगबाट अर्को अंगमा क्यान्सर फैलिन्छ । 
  • क्यान्सरको स्टेज, प्रभावित अंग र बिरामीको स्वास्थ्य अवस्था हेरेर शल्यक्रियाबाट उपचार गर्न सकिन्छ  । आमाशयलाई निकालेर कृत्रिम पाइप सीधै सानो आन्द्रासँग जोडेर पनि उपचार गर्न सकिन्छ । 
  • क्यान्सर अलिकति मात्रै फैलिएको अवस्थामा क्यान्सर भएको भागलाई निकालेर बाँकी आमाशयको भागलाई आन्द्रासँग जोड्न सकिन्छ । यसबाहेक किमोथेरापी र रेडियोथेरापीको माध्यमबाट पनि उपचार गर्न सकिन्छ ।   

कसरी थाहा पाउने ?

  • सुरुवातीको चरणमा कुनै पनि लक्षण नदेखिन सक्छ । बिस्तारै आमाशय रहेको ठाउँ अर्थात् पेटमा असजिलो भएको महसुस हुन्छ । खानेकुरा खाँदा पेट फुल्ने, छाती पोल्नेजस्ता समस्या देखिन्छन् । बिस्तारै क्यान्सर आमाशयबाट अन्य अंगमा सर्दै जाने हुन्छ । पेट पोल्ने, खान मन नलाग्ने, खाना खाँदा गाह्रो हुने, निल्न नसक्ने, घाँटीमा गिर्खा आउने हुन्छ । 
  • कलेजो र छातीमा क्यान्सर सर्दै गएमा खोकी लाग्ने, पेटमा पानी जम्मा हुने, ओभरीमा क्यान्सर फैलिने सम्भावना रहन्छ । 
  • यसको लक्षण ग्यास्ट्राइटिसको लक्षणजस्तै हुने भएकाले उपचारमा ढिलाइ हुने गर्छ । रगत परीक्षण, इन्डोस्कोपी र बायोप्सीबाट यो रोग पत्ता लगाउन सकिन्छ । त्यस्तै अल्ट्रासाउन्ड र भिडियो एक्सरेबाट क्यान्सर कुन स्टेजमा पुगेको छ वा कुन भाग प्रभावित भएको छ भन्ने पत्ता लगाउन सकिन्छ । 
  • ग्यास्ट्रिक कार्सिनोमा आमाशयको फेद अर्थात् सानो आन्द्रा जोड्ने ठाउँमा बढी हुने गर्छ । यो रोग लगभग अन्तिम स्टेजमा पुगिसकेपछि मात्र पत्ता लाग्ने गर्छ ।