१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७६ असोज २० सोमबार १६:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

तारक मेहताका उल्टा चश्मामा दया फर्किदै 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७६ असोज २० सोमबार १६:४७:००

लोकप्रिय हिन्दी धारावाहिक टिभि सिरियल ‘तारक मेहताका उल्टा चश्मा’ मा दयाको चरित्रमा अभिनय गर्ने दिशा वकानीको पुनः प्रवेश हुने भएको छ ।  सिरियलमा जेठालालको पत्नीको भूमिकामा रहेकी दयाको पुनः प्रवेश कसरी गराउने भनेर निर्माताहरुले तयारी गरिसकेको समाचारमा जनाइएको छ । 

सिरियलमा प्रभावशाली अभिनय गर्ने दयाको पुनः प्रवेश भव्य बनाउन निर्माता पक्षले ठूलो तयारी गरिरहेका छन् । 

जेठालालको भूमिकामा रहेका दिलीप जोशीले दयाले साढे नौ वर्षसम्म आफ्नो भूमिकामा निकै राम्रो अभिनय गरेको बताए । उनको भूमिकामा अर्को व्यक्तिले न्याय गर्न नसक्ने धेरैको भनाई रहँदै आएको छ । 

उक्त सिरियलका निर्माता  असित कुमार मोदीले दिशाको विकल्पमा अर्को व्यक्ति आउने संभावनालाई इन्कार गरिसकेका छन् ।  

दिशा वकानीले सन २०१५ मा मयूर पांड्यासँग विवाह गरेपछि अभिनय छोडेकी थिइन् ।