१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १५ बुधबार ०८:५५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मोटरसाइकल चालकले ध्यान दिनुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १५ बुधबार ०८:५५:००
सीताराम हाछेथु 
पूर्वप्रहरी निरीक्षक 

मोटसाइकल यातायतको सहज साधन हो, तर यसको यात्रा जोखिमपूर्ण छ । ०७५/७६ सालमा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु हुनेमा ४५ प्रतिशत मोटसाइकलचालक वा त्यसमा सवार हुने यात्री छन् । केवल दुई पांग्रामा मात्रै गुड्ने र चालकको नियन्त्रणमा मात्रै अड्ने भएकाले थोरै मात्र सन्तुलन गुमे पनि दुर्घटना हुन सक्छ । त्यसैले मोटरसाइकल चलाउनेले यी कुरामा ध्यान दिन आवश्यक छ :

  •  बाटोको अवस्था, खाल्डाखुल्डी, उकालो– आरालो, पिच, ग्राभेल वा कच्ची बाटो, निर्माणाधीन सडकलगायत आफू हिँड्ने बाटोका विषयमा सबै जानकारी हुनुपर्छ ।
  •  मोटरसाइकलको कन्डिसन चेकजाँच गरेर मात्रै चलाउनुपर्छ । 
  •  आफ्नो उचाइ, शरिरको क्षमता र तौललाई ध्यान दिएर  मोटरसाइकल चलाउनुपर्छ । 
  •  बलियो हेल्मेट प्रयोग गर्नुपर्छ । सकेसम्म पछाडि बसेर यात्रा गर्नेले पनि हेल्मेट लगाउनुपर्छ । 
  •  मोटरसाइकल चलाउन सजिलो हुने खालको पहिरन लगाउनुपर्छ । त्यस्तै, सुरक्षाका लागि पन्जा, ज्याकेट, चस्मा, मास्क र पानी पर्न सक्ने भएकाले रेनकोट पनि साथ लिएर हिँड्नुपर्छ । 
  •  आफू हिँड्ने बाटोमा कहाँ–कहाँ पेट्रोल पम्प छन्, कहाँ वर्कसप छ, बुझेर निस्कनुपर्छ, किनकि बाटोमा मोटरसाइकल बिग्रेर वा पेट्रोल सकिएर अलपत्र पर्न सकिन्छ ।
  •  मोटरसाइकलमा धेरै गह्रौँ सामना बोक्नुहुँदैन र दुईजना मात्रै बस्नुपर्छ । ओभरलोडले दुर्घटना निम्त्याउन सक्छ ।  
  •  हतारमा होइन, बिस्तारै सवारी चलाउनुपर्छ । बाटोमा ट्राफिक प्रहरी हुँदैन भनेर मापसे गरी सवारी चलाउनुहुँदैन । 
  •  सडकमा गुड्ने अन्य ठूला–साना सवारीसँग सजग रहनुपर्छ । उनीहरूले गरेका गल्ती वा उनीहरूले नियम पालना नगर्दा पनि दुर्घटना निम्तन सक्छ । छाडा चौपाया तथा अन्य कारणले पनि सडकमा अवरोध निम्तिन सक्छ, सजग हुनुपर्छ । 

  •  आफू स्वयंलाई र अरूलाई पनि कुनै खतरा हुँदैन भन्ने यकिन भएर मात्रै अन्य सवारीलाई ओभरटेक गर्नुपर्छ । 
  •  पहिरो गएको ठाउँमा ठूला–ठूला ढुंगा खस्न सक्ने, मोबिल वा अन्य चिल्लो पदार्थ पोखिएर बाटो चिप्लो हुन सक्नेलगायत विषयमा सजग हुनुपर्छ । 
  •  तनाव, रिस, आवेगमा सवारी नहाँक्नुहोला । मोबाइल फोन प्रयोग गरी र प्रतिस्पर्धामा सवारी नचलाउनुहोला । कहिलेकाहीँ पहिरोले बाटो बन्द हुन सक्ने, लामो ट्राफिक जाम हुन सक्ने समस्या देखिन्छन् । पूर्वतयारीका लागि आफूसँगै पानी र हल्का खानेकुरा बोकेर हिँड्नुहोला ।