१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस काठमाडौं
२०७६ श्रावण २९ बुधबार १५:३३:००
Read Time : < 1 मिनेट
समाचार

बालाजुमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७६ श्रावण २९ बुधबार १५:३३:००

काठमाडौको बालाजुमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको बुधबार मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मुनेन्द्र थापाले ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर गम्भीर घाइते भएका नेपालीको उपचारका अस्पतालमा मृत्यु भएको जानकारी दिए । 

दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।