१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ श्रावण ७ मंगलबार ०९:०५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

केन्द्रीय बैंकको स्वतन्त्रता कसरी जोगाउने ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७६ श्रावण ७ मंगलबार ०९:०५:००

विश्व अर्थ

सन् २००८ को विश्व आर्थिक मन्दीले केन्द्रीय बैंकरलाई परिवर्तन गरिदियो । त्यति मात्र होइन, उनीहरूको स्तर र नीतिगत टुलकिटको क्षेत्र नै फेरबदल गरिदियो । यतिवेला वित्तीय स्थिरता फेरि केन्द्रीय बैंकको प्राथमिक लक्ष्यमा पर्न थालेको छ । धनी राष्ट्रमा ब्याजदर शून्य वा त्यसभन्दा पनि मुनि हुन थालेको छ । यसको अर्थ के हो भने केन्द्रीय बैंकरका कदम एक दशकअघि भन्दा पनि थप प्रत्यक्ष र राजनीतिक रूपमा संवेदनशील देखिन्छन् । बैंकर राजनीतिक रूपमा चल्नु राम्रो मानिँदैन । त्यसैले यो प्रवृत्तिले २०औँ शताब्दीको अन्त्यतिर देखिएजस्तै केन्द्रीय बैंकको स्वतन्त्रतामाथि ठूलो जोखिम पनि निम्त्याएको छ । 

केन्द्रीय बैंक राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्छ । संकुचित मूल्य स्थायित्वको अनुमोदनबाट पछाडि हटेर केन्द्रीय बैंकले राजनीतिक हस्तक्षेपविरुद्ध सबैभन्दा उत्कृष्ट सुरक्षा दिन सक्नुपर्छ । केहीको यस्तो विचार पनि छ । तर, यो सल्लाह भ्रामक छ । हामीलाई लाग्छ, केन्द्रीय बैंकले वित्तीय स्थायित्वको मूल संरक्षकका रूपमा आफ्नो भूमिकालाई पुनर्जीवित गरिराख्नुपर्ने आवश्यकता छैन ।

जे भए पनि मूल्य स्थायित्व आफैँमा कुनै अन्तिम लक्ष्य होइन । योे समाजलाई आवश्यक रहेको बृहत् आर्थिक (म्याक्रो–इकोनोमिक्स) स्थायित्वलाई सहयोग गर्ने एक खम्बा मात्र हो । हालैका संकटले देखाएझैँ वित्तीय स्थायित्व यी संस्थाको दोस्रो प्राथमिकता हो । प्राथमिक होइन । बृहत् परिप्रेक्ष्यमा हेर्ने हो भने समाजमा आफ्नो भूमिकाबारे केन्द्रीय बैंकले राजनीतिज्ञ, नियामक र वित्तीय निरीक्षकसँग छलफल गर्ने हो भने त्यहाँबाट थाहा पाउनेछ । केन्द्रीय बैंकको स्वतन्त्रता जीवित राख्न यस्ता छलफल चलाउनु आवश्यक छ । बैंकको अस्तित्वका लागि पनि महत्वपूर्ण हुनेछ । हाम्रो पछिल्लो प्रतिवेदन छ, साउन्ड एट लास्ट ? : एस्सेसिङ अ डिकेड अफ फाइनान्सियल रेगुलेसन, (एक दशकयताको वित्तीय नियमनले आखिरमा के सुनियो ?) मा सन् २००८ को आर्थिक मन्दीपछि केन्द्रीय बैंकबारे तीनवटा महत्वपूर्ण बाटोको प्रकाश पारेको छ । 

केन्द्रीय बैंक आफ्नो वैधता कायम राख्न जवाफदेही बन्न आवश्यक छ । त्यसका लागि केन्द्रीय बैंकको लक्ष्य, साधन र सञ्चार संयन्त्रको ढाँचा सम्बन्धमा सार्वजनिक बहस हुनु जरुरी हुन्छ । छलफल नगरिएमा वा छलफल गर्न असफल भएमा केन्द्रीय बैंकको स्वतन्त्रमाथि मात्र नभई वित्तीय स्थायित्वमा ठूलो जोखिम निम्त्याउँछ ।

पहिलो, जब ब्याजदर शून्य बिन्दु (जिरो लोअर बाउन्ड–जेडएलबी) भन्दा पनि तल पुग्यो, थप मौद्रिक नीतिका कदमले प्रायः अन्यले लिएका उपायलाई विस्थापित गर्ने वा त्यसैलाई प्रतिबिम्बित गर्ने काम गर्‍यो । दोस्रो, केन्द्रीय बैंकको कर्जादरको स्तरमा भएको नाटकीय वृद्घि हो । तेस्रोचाहिँ, अहिलेका नीतिनिर्माताहरू वित्तीय संकटको प्रवृत्ति र यसको स्वतन्त्रताको जोखिमलाई न्यूनीकरण गर्न व्यवस्थित रूपमा केन्द्रित भएका छन् । 

भविष्यमा ब्याजदर जेडएलबी (शून्य) नजिक वा जेडएलबीमै रहने सम्भावना निकै भएकाले केन्द्रीय बैंकको स्तरलाई पुनः नियाल्नु विवेकपूर्ण उपाय हो । विशेषगरी हामी जेडएलबीले सक्रिय पारेको विशेष शासनको औपचारिक स्थापनामा जोड दिन्छौँ । जसले सरकारका विभिन्न निकाय र केन्द्रीय बैंकले उपलब्ध नीतिगत विकल्पबारे संयुक्त सहमतको आधार तयार गर्छ । 

जब नीति दर (पोलिसी रेट) शून्यमा पुग्छ, पारदर्शी नियमका माध्यमबाट यसका विभिन्न खेलाडी एक निश्चित समयको अन्तर भेट भइरहनुपर्छ । हरेक त्यस्ता भेटमा वर्तमान आर्थिक अवस्था, उपलब्ध नीतिगत विकल्प र अगाडि बढ्ने बाटोबारे संयुक्त धारणा ल्याउनुपर्छ । तिनको मूल्यांकन हुनुपर्छ । यदि असहमति भएमा त्यसको अन्तिम निर्णय भने निर्वाचित सरकारबाट नियुक्त अधिकारीहरूकै लागू हुनेछ । 

बैंकको प्रमुख भूमिका भनेको देशको मुद्रास्फीतिलाई काबुमा राख्नु हो । त्यो काबुमा राख्न विशेष भूमिका ब्याजदरको हुन्छ । यही ब्याजदर अत्यधिक भएमा मुलुककै अर्थतन्त्रमा असर गर्छ । त्यसैले विकसित देशका केन्द्रीय बैंकले ब्याजदरलाई शून्य वा त्यसबराबर राख्ने प्रयास गर्छन् । यो विशेष किसिमको जेडएलबी (शून्य ब्याज) को प्रयासले अपरम्परागत नीतिको राजनीतिक समर्थन गरेर केन्द्रीय बैंकको स्वतन्त्रता बचाउन सहयोग गर्छ । 

केन्द्रीय बैंकको कार्य भने संकटमा परेका वित्तीय संस्थालाई ऋण प्रदान (लेन्डर अफ लास्ट रिसोर्ट–एलओआर) गर्नु पनि हो । वित्तीय संकटका वेला अमेरिकी केन्द्रीय बैंकले धेरै बैंक तथा वित्तीय संस्थालाई सहयोग गरेको थियो, जसले अन्य कुनै माध्यमबाट सहयोग प्राप्त गर्ने आधार थिएन । 

केन्द्रीय बैंकको कार्य भने संकटमा परेका वित्तीय संस्थालाई ऋण प्रदान (लेन्डर अफ लास्ट रिसोर्ट–एलओआर) गर्नु पनि हो । वित्तीय संकटका वेला अमेरिकी केन्द्रीय बैंकले धेरै बैंक तथा वित्तीय संस्थालाई सहयोग गरेको थियो, जसले अन्य कुनै माध्यमबाट सहयोग प्राप्त गर्ने आधार थिएन ।

केन्द्रीय बैंकको वित्तीय संकटमा परेका संस्थालाई उकास्नु पनि एक प्रमुख कार्य हो । त्यसैले यसको कार्य र क्षेत्र व्यापक छ । तर, यस्ता गतिविधि पनि नागरिकका नजरमा वैध रहन आवश्यक छ । त्यसैले रचनात्मक अस्पष्टता र अस्थिर सिद्धान्तलाई तीव्र रूपमा चिर्दै केन्द्रीय बैंकले आफ्नो एलओएसआर गतिविधिको सञ्चालन संरचना र लक्ष्यलाई स्पष्ट राख्नुपर्छ । कतिपय अवस्थामा नीतिनिर्माता कसलाई र कस्तो अवस्थामा कर्जा दिने भन्नेबारे अस्पष्ट हुन्छन् । तिनलाई स्पष्ट पार्नु पनि केन्द्रीय बैंकको कर्तव्य हो । यहाँ पनि अन्य अधिकांश आर्थिक नीति एरेना जस्तै प्रजातान्त्रिक वैधता सुनिश्चित गर्न पारदर्शिता र प्रतिबद्धताको आवश्यकता पर्छ । 

यसैक्रममा, व्यवस्थित जोखिम र म्याक्रोप्रुडेन्यिल नीतिमाथिको जोडले केन्द्रीय बैंकको जनादेशलाई संशोधन गर्न जरुरी छ । वित्तीय र मौद्रिक नीतिको विभिन्न तत्वलाई व्यवस्थित कसरी गर्ने भन्नेमा हामी चिन्तित छौँ । यस विषयमा कुनै पनि सम्झौता नभएको भए पनि हामी ‘एक छत’ मोडललाई समर्थन गर्छौं जहाँ केन्द्रीय बैंकको मूल्य स्थायित्व र वित्तीय स्थायित्व गरी दुईवटा लक्ष्य हुन्छन् । यी लक्ष्यलाई पूरा गर्न केन्द्रीय बैंक उपयुक्त साधनसँगै पारदर्शी एलओएलआर र म्याक्रोप्रुडेन्सियल अधिकारी हुन जरुरी छ । 

यस मोडलमा संस्थागत बाधाले पनि विभिन्न राष्ट्रमा विविधता ल्याउँछन् । यस्तो अवस्थामा अधिकारीहरूले केही (सम्भवतः अधिकांश) मामिलामा सहकार्य र पूर्ण जवाफदेहितालाई महत्वपूर्ण बनाउँदै वित्तीय स्थायित्वको जिम्मेवारीलाई आपसमा बाँडेका हुन्छन् । विभिन्न लक्ष्य बोकेका थुप्रै अधिकारीको समान जिम्मेवारी हुँदा सञ्चालन प्रक्रियामा आउन सक्ने कठिनाइलाई संलग्न संस्थाले स्वीकार गर्नुपर्छ । र, अधिकारीहरूले पनि विघटन र सहकार्यको कमीले निष्क्रियता निम्त्याउँछ भन्ने जोखिमको सामना गर्न जरुरी छ । 

जेडएलबीमा मौद्रिक र वित्तीय नीतिको सहकार्यसँगै वित्तीय स्थायित्वसम्बन्धी विचार विमर्शसँगै असहमतिको पनि समायोजन हुनुपर्छ । मौद्रिक नीति लागि समान मापदण्ड वित्तीय स्थायित्व समितिको निर्णयमा पनि लागू हुनुपर्छ । केन्द्रीय बैंकको स्वतन्त्रा बचाउन समन्वयको पनि आवश्यकता पर्छ । संकटपछि त्यसलाई नियन्त्रण गर्न सरकारले नीतिनिर्माणको कार्य एक स्वतन्त्र संस्थामाथि सुम्पिन्छ । 

केन्द्रीय बैंक आफ्नो वैधता कायम राख्न जवाफदेही बन्न आवश्यक छ । त्यसका लागि केन्द्रीय बैंकको लक्ष्य, साधन र सञ्चार संयन्त्रको ढाँचा सम्बन्धमा सार्वजनिक बहस हुनु जरुरी हुन्छ । छलफल नगरिएमा वा छलफल गर्न असफल भएमा केन्द्रीय बैंकको स्वतन्त्रमाथि मात्र नभई वित्तीय स्थायित्वमा ठूलो जोखिम निम्त्याउँछ ।

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य
Project Syndicate 2019

प्याट्रिक बोल्टन कोलम्बिया बिजनेस स्कुलमा प्राध्यापक हुन् । स्टेफेन सेसेटी ब्रान्डिस इन्टरनेसनल बिजनेस स्कुलका पर स्विस नेसनल बैंकका पूर्वउपाध्यक्ष, जिन पियरे डान्थिन इकोल पोलिटेक्निक फेडेरल डी लोउसानेमा कलेज अफ म्यानेजमेन्टका प्राध्यापक तथा सहनिर्देशक हुन् । जेभियर भाइब्स आइइएसई बिजनेस स्कुलमा अर्थशास्त्र तथा वित्तका प्राध्यापक हुन् ।