Skip This
१३ प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिनको समय
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १० शनिबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १० शनिबार १३:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१३ प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिनको समय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १० शनिबार १३:१९:oo

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ। प्रस्तावित राजदूत नियुक्तिका लागि उपयुक्त नभएको लागेमा आधार र प्रमाणसहित उजुरी दिन समितिले आग्रह गरेको हो।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संघीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिनेछ। उजुरीमा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद र उजुरीको स्पष्ट आधार खुलाउनुपर्ने समितिले जनाएको छ।

सरकारले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको छ। सुनुवाइपछि नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

↑