नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले हिलोमा मानिस खोज्ने मेसिन संसारमै पाइँदैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बुधबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग महरले मान्छे चन्द्रमामा पुगिसकेकाे उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले दिएको तर्कमा असन्तुष्टि जनाएका हुन्।
‘उहाँले के भन्नुभयो भने हिलोमा (मान्छे) खोज्ने मेसिन संसारमा कहीँ पनि पाउँदैन। त्यस्तो हो त? खोज्नुभएको हो त ? पाउँदैन संसारमा ? मान्छे चन्द्रमामा गइसके,’ उनले भने।
८ः४५ बजे बाढी आएको सूचना आधा घण्टाअगाडि नै एसएमएस गरेको भन्ने प्रधानमन्त्रीको भनाइसमेत गलत रहेको उनको दाबी छ। ‘आधा घण्टाअगाडि होइन, ८ः४५ मा बाढी आयो साढे ९ बजे मात्रै हामीले सूचना सम्प्रेषण गरेको भन्ने कुरा छ,’ उनले भने।
सुरुङमा गएर फोटो खिच्ने र सरकारले व्यापक काम गरिरहेको भन्ने प्रचारले उद्धार नहुने उनको भनाइ छ। ‘सरकार आफू टनेलमा छिर्ने होइन, एक्सपर्ट पठाउनुपर्यो। विज्ञहरू पठाउनुपर्यो। ताकि साँच्चिकै उद्धार होस्,’ उनले भने।