मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार २o:o१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भोटेकोशी बाढीपीडितलाई ताप्ली गाउँपालिकाले १९ लाख ४० हजार सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार २o:o१:oo

उदयपुरको ताप्ली गाउँपालिकाले भोटेकोशी बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १९ लाख ४० हजार ८२७ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँ कार्यपालिकाको बुधबारको बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।

स्थानीय विपद् कोषबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधिहरूको तर्फबाट १ लाख ६५ हजार ५०० रुपैयाँ, गाउँपालिकामा कार्यरत कर्मचारीबाट ५ लाख ६६ हजार ३६० रुपैयाँ तथा गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा कर्मचारीबाट ७ लाख ८ हजार ९६७ रुपैयाँ संकलन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माले जानकारी दिए।

अध्यक्ष विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत सन्तोष भण्डारीद्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन घडीमा सहयोग, समन्वय, ऐक्यबद्धता र सामूहिक हातेमालोका लागि देश–विदेशमा रहेका नेपाली, जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघसंस्थालाई सहयोगका लागि आह्वान गरिएको छ।