पोखरा फाइनान्स लिमिटेडका ग्राहकले सिद्धार्थ होटेल, नारायणगढमा फुड तथा बेभरेज सेवामा छुट पाउने भएका छन् । फाइनान्सका ग्राहकलाई छुट सुविधा दिलाउन यी दुवै संस्थाबिच सम्झौता भएको छ । समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाले पोखरा मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा होटेलमा उपलब्ध फुड तथा बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यबाट पोखरा फाइनान्सका खातावाला लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ । फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङ, सिआस्बालगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडलगायतका डिजिटल बैंकिङ सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।