मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका ताप्लेजुङ
२o८३ भदौ १७ बुधबार १o:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ताप्लेजुङ गोल्डकपको फाइनलमा सलहेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १o:oo:oo

सिराहाको सलहेस युथ क्लबले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल स्थान पक्का गरेको छ । सलहेसले भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङलाई २–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा मंगलबार साबिक सलहेसले दुवै गोल दोस्रो हाफपछि गरेको थियो । खेलको ६२औँ मिनेटमा निसकुमार श्रेष्ठले सलहेसलाई १–० को अग्रता दिलाए । सलहेसका लागि ७२औँ मिनेटमा फागुराम थारूले दोस्रो गोल गरे ।

त्यसपछि जर्जियन युनाइटेडले गोल फर्काउन गरेको प्रयास असफल भए । प्रतियोगिताको बुधबार दोस्रो सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र झापा ११ फुटबल क्लबबिच खेल हुनेछ ।

विजेताले सात लाख दुई हजार र उपविजेताले तीन लाख ५२ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।