१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ श्रावण ४ शनिबार १२:१२:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरबाट जुवातास खेल्ने १६ पक्राउ

Read Time : < 1 मिनेट
२०७६ श्रावण ४ शनिबार १२:१२:००

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । 

जुवाखालबाट प्रहरीले नगद एक लाख ३३ हजार तीन सय ५० रुपैयाँ र  ३४ लाख ३० हजार रुपैयाँको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६७ हजार ८५ रुपैयाँसहित  ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी अनुसन्धान भइरहेको पोखरेलले बताए ।