सभामुखले तोके प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको मिति

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण
सभामुखले तोके प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको मिति

फाइल तस्बिर

सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको मिति तोकेका छन्। सभामुख अर्यालले भदौ १० गतेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरको मिति निर्धारण गरेका हुन्।

‘प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम २०८३ भदौ १० गतेको बैठकमा हुने गरी निर्धारण गरेको बेहोरा जानकारी गराउँछु,’ सोमबारको बैठकमा सभामुखले भने।

प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलबाट कम्तीमा एक सांसदले एउटा प्रश्न सोध्न पाउनेछन्। बाँकी प्रश्नको हकमा सभामा भएको प्रतिनिधित्वको आधारमा हुने विभाजनबाट आउने संख्याबमोजिम बढीमा १५ वटा प्रश्न सोध्न सकिने सभामुख अर्यालले प्रस्ट पारे।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुन भदौ ५ गते शुक्रबार दिउँसो १ बजेभित्र लिखित रूपमा प्रश्न पेस गर्न सभामुखले भनेका छन्।
 

सुझावित समाचार