मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार २२:oo:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार २२:oo:oo

भदौ १५ सम्म करिब १५ वटा विधेयक संसद्‌मा दर्ता गर्ने तयारी

सरकारले घोषणा गरेको ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समितिअन्तर्गतको अध्ययन समितिको दोस्रो बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ ।

बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो । विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन सुरु गरिसकेका छन् ।

भोलि टेकुसहित काठमाडौंका पाँच ठाउँबाट ग्यास बिक्री गरिने

ग्यास आपूर्ति सहज गराउन भोलि शनिबार काठमाडौंको टेकुसहित पाँच स्थानबाट ग्यास बिक्री गरिने भएको छ।

आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा विभिन्न ब्रान्डका ग्यासहरू चाबहिलको यातायात कार्यालयपरिसर, कीर्तिपुरको राधास्वामीपरिसर, बसुन्धराको राधास्वामीपरिसर र बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयको पुरानो भवनपरिसरबाट ग्यास बिक्री हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त छु : देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका असहमति र विवादलाई एकतामा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनले मुलुकको वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै कांग्रेसका नेता तथा कार्यकर्तालाई राष्ट्रिय हितका विषयमा जिम्मेवार भएर भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले समाजमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए ।

स्वास्थ्य बिमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड भुक्तानी

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड आठ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बिमा कार्यक्रमको ०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत छन्।

रास्वपाले बाेलायाे केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिकाे बैठक आह्वान गरेकाे छ । सभापति रवि लामिछानेले भदौ ५ गते शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

महामन्त्री विपिन आचार्यका अनुसार बैठककाे एजेन्डा तय भइसकेकाे छैन । बैठकमा अनिवार्य उपस्थित हुन भनिएकाे छ ।

रोल्पाको सुनछहरी पहिरोमा बेपत्ता चारैजनाको शव फेला

रोल्पाको सुनछहरी गाउँपालिका– २ भित्रीगामको फलबाङमा बिहीबार रातिको पहिरोमा परी बेपत्ता चारैजनाको शव भेटिएको छ।

सुनछहरी गाउँपालिका– २, फलबाङका ७७ वर्षीय बिरु घर्तीमगर, ६८ वर्षीया शनि घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र सुनछहरी गाउँपालिका– २, गिट्ठेमा बस्ने ६४ वर्षीया लामी घर्तीमगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए।

चाैधाैँ र विशेष महाधिवेशन दुवैको कार्यसमितिलाई मिलाएर अघि बढौँ : लेखक

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता रमेश लेखकले पार्टी एकताका लागि त्रुटि भएकै ठाउँबाट सच्चिनुपर्ने बताएका छन्।

शुक्रबार इतर पक्षको राष्ट्रिय भेलामा लेखकले विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थमा पुगेकाले त्यही अवस्थाबाट त्रुटि सच्याइनुपर्ने प्रस्ट पारे। एकपटक फेरि निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध गर्ने प्रयास गर्नुपर्नेमा उनको जोड थियो।

मुख्यमन्त्री भट्टले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा आज मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्रीसँगै तीन मन्त्रीले शपथ लिएका छन्।

झापाको कन्काईमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

जिल्ला भूमि समस्या समाधान समिति झापाले कन्काई नगरपालिकाको वडा नम्बर ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

समितिले भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गरेका १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि छन् भने केही जग्गा कृषि प्रयोजनका छन्।

नेप्से घट्दा कारोबार रकममा सुधार

लगातार तीन दिन सामान्य अंकले बढेको नेप्से परिसूचक शुक्रबार ७.३७ अंकले घटेको छ। नेप्से ०.२७ प्रतिशतले घटेर दुई हजार ६४३.८३ विन्दुमा साताको कारोबार बन्द भएको हो।

नेप्से घटे पनि आज कारोबार रकममा भने सुधार देखिएको छ। ३४४ कम्पनीका ९७ लाख ५४ हजार कित्ता सेयर चार अर्ब २७ करोड ५६ लाख ७५ हजारमा खरिद–बिक्री भएको हो। बिहीबार तीन अर्ब ७२ करोडको सेयर कारोबार भएको थियो।