मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार १६:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से घट्दा कारोबार रकममा सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १६:३७:oo

लगातार तीन दिन सामान्य अंकले बढेको नेप्से परिसूचक शुक्रबार ७.३७ अंकले घटेको छ। नेप्से ०.२७ प्रतिशतले घटेर दुई हजार ६४३.८३ विन्दुमा साताको कारोबार बन्द भएको हो।

नेप्से घटे पनि आज कारोबार रकममा भने सुधार देखिएको छ। ३४४ कम्पनीका ९७ लाख ५४ हजार कित्ता सेयर चार अर्ब २७ करोड ५६ लाख ७५ हजारमा खरिद–बिक्री भएको हो। बिहीबार तीन अर्ब ७२ करोडको सेयर कारोबार भएको थियो।

नेप्सेको समूहगत सूचक हेर्दा चार समूहमा वृद्धि हुँदा बाँकी सबै समूहमा गिरावट आएको छ। जीवन बिमा, लघुवित्त, म्युचल फन्ड र अन्य समूह एक प्रतिशतभन्दा कमले वृद्धि हुँदा व्यापार समूहमा सर्वाधिक गिरावट भएको छ। उक्त समूह २.५७ प्रतिशतले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।

आज माउन्ट एभरेस्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, खानीखोला हाइड्रो १० तथा फस्ट माइक्रोफाइनान्स र विकास हाइड्रो ६ प्रतिशतभन्दा धेरैले बढेका छन्।

सर्वाधिक घटेको सुपर खुदी हाइड्रोका लगानीकर्ताले १२ प्रतिशतभन्दा धेरै गुमाए। सिटिजन्स सन्तुलित योजना र सांग्रिला विकास बैंक डिबेन्चर क्रमशः आठ र पाँच प्रतिशतभन्दा धेरैले गिरावट भए।