सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा आज मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्रीसँगै तीन मन्त्रीले शपथ लिएका छन्।
एमालेबाट सामाजिक विकासमन्त्रीमा सन्तोषकुमारी थापा शर्मा, आर्थिक मामिलामन्त्रीमा चक्र मल्ल, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बमले शपथ लिएका हुन्। नेकपाबाट भने मन्त्री बन्नेको टुंगो लागिसकेको छैन।