मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार २o:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्वास्थ्य बिमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार २o:२२:oo

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड आठ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बिमा कार्यक्रमको ०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत छन्।

भुक्तानी विवरणमा ठुला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालहरूलगायत सबै सेवा प्रदायक समेटिएका छन्।

स्वास्थ्य बिमाअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले गरेको दाबीहरूको रुजु तथा मूल्यांकनका गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो।