मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार २१:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त छु : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार २१:३९:oo

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका असहमति र विवादलाई एकतामा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनले मुलुकको वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै कांग्रेसका नेता तथा कार्यकर्तालाई राष्ट्रिय हितका विषयमा जिम्मेवार भएर भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस इतरपक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले समाजमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए ।

उनले लोकतन्त्र र राष्ट्रिय हितको संरक्षणका लागि कांग्रेसले ऐतिहासिक जिम्मेवारीअनुसार भूमिका खेल्नुपर्ने धारणा राखे ।

‘अहिले मुलुकको राजनीतिक अवस्था अत्यन्तै संवेदनशील देखिएको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूले सजग भएर राष्ट्रिय अहितका काम रोक्न र सचेत गराउन भूमिका खेल्नुपर्छ,’ देउवाले भने ।

देउवाले कांग्रेसभित्रका मतभेदलाई बृहत् एकतामा बदल्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीलाई थप सुदृढ बनाएर अघि बढ्नुपर्ने बताए । उनले समाजमा रहेको निराशालाई आशामा बदल्न कांग्रेसले जनतामुखी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।