मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १६ शनिबार १o:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी विश्वकप लिग–२ : नामिबियाको पाँचौँ स्थान बलियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १o:१४:oo

घरेलु टोली नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नामिबियाले शुक्रबार आइसिसी विश्वकप लिग–२ को पाँचौँ स्थान बलियो बनाएको छ । जितसँगै नामिबियाले ३२ खेलबाट २८ अंक जोडेको छ । उसले २३ जित र १७ हारको सामना गरेको छ । नेदरल्यान्ड्स ३८ अंकका साथ दोस्रो स्थानमै सीमित भएको छ । शीर्ष स्थानमा अमेरिकाले सर्वाधिक ४३ अंक बनाएर ग्लोबल छनोट स्थान पक्का गरिसकेको छ । नेदरल्यान्ड्समा भएको विश्वकप लिग–२ सिरिजमा नेपाल पनि सहभागी भएको थियो । नेपाल चारै खेलमा जितविहीन भयो । 

नेदरल्यान्ड्सको भ्रमण गर्नुअघि पाँचौँ स्थान बलियो बनाएको नेपालले चारै खेला गुमाउँदा छैटौँ स्थानमा झरेको छ । नेपालले ३२ खेलमा ११ जित र १९ हार नतिजा निकालेर २४ अंक बनाएको छ । नेपालले चालू सिरिजमा चारमध्ये तीन खेलमा पूरै ५० ओभर खेल्न सकेन । एक खेलमा मात्र नेपालले ५० ओभर ब्याटिङ गरेको थियो । आगामी सिरिजमा क्यानडाले जित निकाल्दा नेपालले छैटौँ स्थान पनि गुमाउनेछ । 

नेदरल्यान्ड्सको कमजोर ब्याटिङ
अघिल्लो तीन खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेदरल्यान्ड्स चौथो खेलमा चुकेको छ । नामिबियासँगको खेलमा नेदरल्यान्ड्स ४८.५ ओभरमा एक सय ८३ रनमै समेटियो । बलियो नेदरल्यान्ड्सलाई अलआउट पार्ने क्रममा नामिबियाका रुवेल ट्रम्पलम्यानले ३९ रन खर्चेर तीन विकेट लिए । ज्याक ब्रासेलले ४३ रन दिएर तीन विकेट हात पारे । 

यसैगरी, बनार्न्डले २७ रनमा दुई विकेट 
आफ्नो नाममा लेखाए । नेदरल्यान्ड्सको ब्याटिङमा कप्तान स्कट एडवाड्सले सर्वाधिक ६७ रनको योगदान दिएका थिए । उनले आफ्नो अर्धशतकीय इनिङ्समा तीन चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी, भान डेरले ३३ बलमा २६ रन बनाए । नेदरल्यान्ड्सले १६ अतिरिक्त रन पाएको थियो । 

एक सय १७ रनको साझेदारी
सहज लक्ष्य पछ्याएको नामिबियाका लागि दोस्रो विकेटका निमित्त एक सय १७ रनको साझेदारी भएको थियो । यसै साझेदारीका कारण नामिबियाले दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सलाई स्तब्ध पारेको हो । मालान क्रुगेर र जान फयांलिनले शतकीय साझेदारी गरेका हुन् । मालानले एक सय नौ बलमा पाँच चौकाको सहयोगमा ६४ रन बनाए । जानले ७५ बल खेलेर ६ चौका र एक छक्का प्रहार गरी सर्वाधिक ६८ रनको बनाएका थिए । ओपनर माइकल भानले २८ बलमा २३ रन बनाए । कप्तान जेहरार्ड इरामुसले १० बलमा समान एक चौका र छक्का प्रहार गरी १० रन जोडे ।