मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
२o८३ श्रावण १६ शनिबार १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लहानको कर्फ्यु हट्याे, गोलबजारको जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १o:४२:oo

जिल्ला प्रशासन कार्याल सिराहाले बिहीबार अपरान्ह ४ बजेदेखि  लगाएको अनिश्चितकालीन कर्फ्यु ४२ घन्टापछि हटाइएको छ । जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको लहान नगरपालिका क्षेत्रभित्र लगाइएको कर्फ्यु १६ साउन बिहान १० बजेदेखि हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुने देखिएको भन्दै बिहीबार दिउँसो ४ बजेदेखि लहान क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियोे ।

जिल्ला सुरक्षा समितिको बैठक बसेर अर्को निर्णय नहुन्जेलसम्मका लागि गोलबजारको कर्फ्यु भने यथावत् रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कर्फ्यु हटाइएपछि लहान क्षेत्रमा जनजीवन सामान्य हुन थालेको छ भने हाटबजार, पसल क्रमशः खुल्न थालेका छन् ।