मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १५ शुक्रबार १६:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकको सुरक्षा र सामाजिक सदभाव कायम राख्न सरकार लागिपरेको छ : प्रधानमन्त्री शाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १६:४६:oo

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीलगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा गर्न र सामाजिक सदभाव सुदृढ बनाउन सरकार निरन्तर योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल रास्वपाका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे।

प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुगेर सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको प्रस्ट पारे। शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहको भनाइ थियो।

छलफलका क्रममा प्रधानमन्त्रीले पार्टीका सबै सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबिच सदभावको बलियो पुल बन्न आह्वान गरे। उनले अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर दुःख–सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको स्मरण गराए।