सामाजिक सद्भाव कायम राख्न मधेशकेन्द्रित दलको आह्वान

उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

मधेशकेन्द्रित दल र नेताले सुनसरीको देवानगन्जमा भएको घटनामा दुःख व्यक्त गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय निर्माण दल र संविधानसभा सदस्य रामकुमार शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन्।

‘सम्पूर्ण नागरिकलाई संयम, धैर्य र सामाजिक स‌द्भाव कायम राख्न हार्दिक अपिल गर्दछौँ। कुनै पनि अफवाह, घृणा वा उत्तेजनाले समाजलाई थप विभाजित बनाउने भएकाले सबैले सत्य र कानुनको पक्षमा उभिन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

कुनै पक्षपात नगरी पीडितलाई न्याय दिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिने ठोस कदम चाल्नसमेत उनीहरूले सरकारलाई आग्रह गरेका छन्।

देवानगन्ज घटनामा प्रहरी हस्तक्षेप र दमनका सम्बन्धमा गम्भीर प्रश्न उठेका भन्दै दलहरूले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्नसमेत माग गरेका छन्।

सुझावित समाचार