मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ११ सोमबार
  • Monday, 27 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण ११ सोमबार o९:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रवासका नेपाली विकासका सद्भावना दूत : अर्थमन्त्री डा. वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण ११ सोमबार o९:oo:oo

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू देशको विकास र लगानी विस्तारका सद्भावना दूत भएको बताएका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एकपटकको नेपाली, सधैँको नेपाली हौँ’ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।

सरकारले आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको र यसमा प्रवासमा रहेका नेपालीको हातेमालो जरुरी भएको पनि अर्थमन्त्री वाग्लेले बताए । बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व, बजेटको वितरणमा नयाँ सुरुवात तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलेको उनले बताए । उनले प्रवासमा रहेका नेपालीबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताए । 

नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीलाई आग्रह गरे ।‘डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्वपूर्ण ढोका खोलिएका छन् । तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ । आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा राम्रो सहजकर्ता हो,’ उनले भने ।