मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १० आइतबार
  • Monday, 27 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १० आइतबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चार प्रदेशमा एमाले–नेकपाको बहुमत नपुग्ने देखिएपछि कांग्रेसले पनि नयाँ समीकरणको प्रयास गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १० आइतबार १७:४१:oo

एमाले र नेकपाको सम्भावित गठबन्धनले चार प्रदेशमा बहुमत नपुग्ने अवस्था देखिएपछि नेपाली कांग्रेसले दुवै दलबाहेकको वैकल्पिक सत्तासमीकरणबारे छलफल अघि बढाउने तयारी गरेको छ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीले लोकतन्त्रका लागि बलियो प्रतिपक्ष आवश्यक रहेको बताउँदै एमाले–नेकपाको सरकार गठनप्रति पार्टीको आपत्ति नभएको स्पष्ट पारे। उनले भने, 'प्रदेशको नेतृत्व कसले गर्छ भन्ने मुख्य विषय होइन। मुख्य तीन दल एउटै सरकारमा हुनु हुँदैन, बलियो प्रतिपक्ष हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।'

उनले एमाले र नेकपाबाहेक सरकार गठनको सम्भावना रहेका प्रदेशहरूमा अन्य दलसँग सहकार्य र छलफल गरिने जानकारी दिए। कांग्रेसले प्रदेशगत राजनीतिक अंकगणितका आधारमा वैकल्पिक सत्तासमीकरणको सम्भावना खोज्ने संकेत गरेको छ। एमाले र नेकपाले सरकार बनाउने विषयमा हाम्रो आपत्ति छैन। तर, जहाँ एमाले–नेकपाबाहेक सरकार बन्न सक्छ, त्यहाँ अन्य दलसँग हामी पनि छलफल गर्छौँ,’ उनले भने।