मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १० आइतबार
  • Monday, 27 July, 2026
२o८३ श्रावण १० आइतबार o९:५८:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकपमा सानदार प्रदर्शनपछि युवा खेलाडीको बढ्यो बजार भाउ

सदाझैँ यसपटक पनि ठुलो प्रतियोगितापछि युवा खेलाडीले आफूलाई प्रमाणित गरेका छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १० आइतबार o९:५८:oo

उत्तर अमेरिकीमय भएको फिफा विश्वकप २०२६ मा स्पेन च्याम्पियन बन्दा युवा खेलाडीले मार्केट भ्यालु (बजार भाउ) ह्वात्तै बढाएका छन् । च्याम्पियन स्पेनसँगै फ्रान्स, नर्वे, इंग्ल्यान्डका खेलाडीले आफ्नो बजारमूल्य बढाएका हुन् । सदाझैँ यसपटक पनि ठुलो प्रतियोगितापछि युवा खेलाडीले आफूलाई प्रमाणित गरेका छन् र बजारमा आफ्नो मूल्य बढाए । धेरै खेलाडीले आफ्नो मूल्य दोब्बरले बढाएका छन् । सबैभन्दा धेरै मार्केट भ्यालु स्पेनिस स्टार लामिन यमलको बढेको छ । उनको मूल्य २२० मिलियन युरो पुग्यो । त्यसपछि म्यानचेस्टर सिटी तथा नर्वे स्टार एर्लिङ हाल्यान्डको बजारमूल्य बढेको छ ।

लामिन यामल 
मार्केट भ्यालु– २२० मिलियन युरो  
क्लब – बार्सिलोना

स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जित्दाका मुख्य खेलाडी हुन् लामिन यामल । यी १९ वर्षीय स्ट्राइकरले खतरनाक ड्रिब्लिङ गर्दै विपक्षीलाई आफ्नो दबाबमा राख्न सफल भए । टिमलाई विश्वकप जिताएपछि उनको मार्केट भ्यालु ह्वात्तै बढेर २२० मिलियन युरो पुगेको छ । हाल उनी स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । पछिल्लोपटक उनकै उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ला लिगाको उपाधि उचालेको थियो । बार्सिलोनाको ला मासिया हुँदै सिनियर टिममा आबद्ध भएका राइट विंग्सबाट खेल्ने यी खेलाडीको सम्झौता सन् २०३१ सम्म रहेको छ । विश्वकपअघि उनको भ्यालु २० मिलियन युरो थियो ।

एर्लिङ हाल्यान्ड 
मार्केट भ्यालु – २२० मिलियन युरो
क्लब – म्यानचेस्टर सिटी

२८ वर्षपछि नर्वेलाई विश्वकपमा छनोट गराएका खेलाडी हुन् एर्लिङ हाल्यान्ड । छनोटमा जस्तै उनले विश्वकपमा पनि सानदार प्रदर्शन गरे र टिमलाई पहिलोपटक क्वार्टरफाइनलसम्म पुर्‍याए । ब्राजिललाई हराउँदै टिम सानदार यात्रा तय गर्न सफल भएको थियो । तर, अन्तिम चार प्रवेशको खेलमा इंग्ल्यान्डसँग चुक्यो । यसक्रममा हाल्यान्डले सात गोल गरेका थिए । विश्वकपमा प्रभावशाली प्रदर्शनपछि हाल्यान्डको मार्केट भ्यालु बढेको हो । विश्वकपअघि उनको भ्यालु २०० मिलियन युरो थियो । बोरुसिया डर्टमन्डबाट सन् २०२२ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी आएका २६ वर्षीय हाल्यान्डको सम्झौता सन् २०३४ सम्म रहेको छ । उनले सिटीलाई च्याम्पियन्स लिग एकपटक, दुईपटक प्रिमियर लिग, दुईपटक एफए लिगसँगै धेरै उपाधि जिताइसकेका छन् । 

केलिएन एम्बाप्पे 
मार्केट भ्यालु – २०० मिलियन युरो
क्लब – रियल मड्रिड

गत वर्षदेखि नै रियाल मड्रिडबाट खेलिरहेका छन् केलिएन एम्बाप्पे । यस विश्वकपमा फ्रान्सलाई टोलीलाई चौथो स्थान दिलाउँदा एम्बाप्पेले आफ्नो मार्केट भ्यालु झनै बढाएका छन् । २७ वर्षीय यी खेलाडीले १० गोलसहित गोल्डेन बुट जिते । विश्वकपको सर्वाधिक गोलकर्ताको नाममा आफूलाई शीर्ष स्थानमा उभ्याएका छन् । सेन्टल फरवार्डलाई यसअघि नै रियालले सन् २०२९ सम्मका लागि सम्झौता गरेको थियो । तर, पहिलो वर्ष उनले रियाललाई कुनै उपाधि जिताउन सकेनन् ।  
टोली च्याम्पियन्स लिग र ला लिगा दुवै जित्न सकेन । त्यस्तै, फ्रान्सलाई पनि विश्वकप उपाधि जिताउन सकेनन् । विश्वकपअघि उनको भ्यालु १८० मिलियन युरो थियो ।

माइकल ओलिसे 
मार्केट भ्यालु – १७० मिलियन युरो
क्लब – बायर्न म्युनिख

विश्वकपमा फ्रान्सको अट्याक खतरनाक हुँदा प्रभावशाली प्रदर्शन गर्ने अर्का खेलाडी हुन् माइकल ओलिसे । यी विंगरले सानदार प्रदर्शन गर्दै सर्वाधिक सात असिस्ट गरे । उनले ब्राजिलका पेलेको ६ असिस्टको कीर्तिमान तोडेका हुन् । 

विश्वकपमा सानदार प्रदर्शनपछि यी अट्याकरको मार्केट भ्यालु १५० मिलियन युरोबाट १७० मिलियन युरो पुगेको छ । यी २४ वर्षीय खेलाडी हाल जर्मन बुन्डेसलिगा क्लब  बायर्न म्युनिखबाट खेलिरहेका छन् । सन् २०२३ मा क्रिस्टल प्यालेसबाट बायर्न पुगेका उनीसँग क्लबले सन् २०२९ सम्म सम्झौता गरेको छ । पछिल्लोपटक बायर्नले जर्मन बुन्डेसलिगा उपाधि जित्दा यी खेलाडीले सानदार प्रदर्शन गर्दै आएका छन् । 

जुड बेलिंघम 
मार्केट भ्यालु – १६० मिलियन युरो
क्लब –  रियल मड्रिड 

उपाधि दाबेदार इंग्ल्यान्ड सेमिफाइनलमै अर्जेन्टिनासँग रोकियो । तर, मिडफिल्डर जुड बेलिंघमले आफ्नो सानदार प्रदर्शन निरन्तरता विश्वकपमा पनि दिए । विश्वकपमा उनले सात गोल गरे । कप्तान ह्यारी केन ६ पछि धेरै गोल गर्ने बेलिंघम हुन् । अन्तिम खेलमा फ्रान्सविरुद्ध पनि उनी हाबी भएका थिए । विश्वकपमा उत्कृष्ट प्रदर्शनसँगै उनको मार्केट भ्यालु १६० मिलियन युरो पुगेको छ । 

अट्याकिङ मिडफिल्डर सन् २०२३ बाट रियल मड्रिड पुगेका हुन् । त्यसअघि बोरुसिया डर्टमन्डका लागि खेले । इंग्ल्यान्डका लागि ५० माथि खेल खेलिसकेका बेलिंघमले यो विश्वकपमा डिएगो म्यारोडोनासँगै लगातार दुई खेलमा दुई गोल गर्ने कीर्तिमान बराबरी गरेका थिए । विश्वकपअघि उनको भ्यालु १३० मिलियन युरो थियो ।