मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १० आइतबार
  • Monday, 27 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १० आइतबार १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीको बहिर्गमन निसर्त, ‘ग्रेसफुल एक्जिट’को विकल्प सकियो : उषाकिरण तिम्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १० आइतबार १६:४८:oo

नेकपा (एमाले)की नेतृ उषाकिरण तिम्सिनाले केपी ओलीसँग ग्रेसफुल एक्जिटको विकल्प समाप्त भइसकेको बताएकी छिन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा तिम्सिनाले अब ओली निसर्त बहिर्गमन हुनुपर्ने प्रस्ट पारिन्।

‘ग्रेसफुल एक्जिट सबै सकियो । अब चुपचाप, निसर्त एक्जिटको भन्दा बाटै छैन। आज सबैभन्दा बढी प्रश्न उठेको कोमाथि हो भने हाम्रो पार्टीको अध्यक्ष कमरेडमाथि हो,’ उनले भनिन्।

ओली सत्तामा हुँदा हालीमुहाली गर्न पाएका र पाउनेहरूबाहेक सबैले ओलीमाथि प्रश्न गरेको उल्लेख गर्दै तिम्सिनाले भनिन्, ‘राजनीतिमा सबैले प्रश्न गरेपछि कमरेड ओलीको बहिर्गमन निसर्त हो।’

११औँ महाधिवेशनसम्म ओली अर्कोपटक पनि अध्यक्ष बन्ने भन्दै समर्थन गर्नेहरूमाथि समेत प्रश्न उठेको उनको तर्क छ। आफ्नो पुस्ता पनि तयार हुनुपर्ने बताउँदै उनले भनिन्, ‘दोस्रो पुस्ताको कमरेडहरूले पनि हुन्छ कमरेड, हस कमरेड भनेरै राजनीति गुजारिदिनुभयो। त्यसका प्रति पनि हाम्रो अनेकौँ प्रश्नहरू छन्।’