मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ६ बुधबार
  • Monday, 27 July, 2026
२o८३ श्रावण ६ बुधबार १३:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठेक्का लिएर घर बनाउने गिरी दाजुभाइको पानीट्यांकीमा निस्सासिएर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण ६ बुधबार १३:oo:oo

दाङको तुलसीपुर उपमहानगरपालिका– ६, रजौरामा निर्माणाधीन घरको पानीट्यांकीमा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर– ९, दोघरनिवासी कमल गिरी र सोही ठाउँका घनश्याम गिरी रहेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कमल ठेकेदार हुन् भने घनश्याम मिस्त्री हुन् । उनीहरू दुवैजनाले यसरी घर ठेक्का लिएर काम गर्ने गर्थे । उनीहरू दुवैजना दाजुभाइका छोराहरू हुन् ।

उनीहरू पानीट्यांकीको सेट्रिङ निकाल्न गएको अवस्थामा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयले उनीहरू पानीट्यांकीमा रहेको भन्ने थाहा पाएपछि बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए । राति उनीहरूको मोटरसाइकलसमेत त्यही स्थानमा बेवारिसे अवस्थामा थियो । त्यो मोटरसाइकल प्रहरीले बिहान मात्रै बरामद गरेको थियो । 

यद्यपि, यस विषयमा अनुसन्धान भइरहेको छ । हाल उनीहरूलाई निकाल्ने काम भइरहेको छ । ट्यांकी फोडेर निकाल्न लागिएको छ । निर्माण भइरहेको घर मनिराम चन्दको रहेको खुलेको छ । उनी तुलसीपुरका व्यवसायी हुन् ।