विरोधबिच वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

विपक्षी दलहरूको विरोधबिच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ। विपक्षी दलका सांसदहरूको नाराबाजीबिच सभामुखले पेलेरै अघि बढाएको बैठकले सो विधेयक पारित गरेको हो।

नीति तथा कार्यक्रमको छलफलमा सहभागी नभएका प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रमसमेत नराखेपछि सांसदहरूले नाराबाजी गरेका थिए।

विरोधबिच नै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ छलफलका लागि सभामा पेस भएका छन्।

प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।

सुझावित समाचार