सदस्यता अद्यावधिकमा असहयोग गरे वडा सभापतिलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा असहयोग गरे वडा सभापतिलाई कारबाही गर्ने चेतावनी दिएको छ।

बुधबार सबै वडा सभापतिहरूलाई बोधार्थ गरी जारी विज्ञप्तिमा असहयोग गर्ने वडा सभापतिको विवरण केन्द्रमा उपलब्ध गराउन पालिका कार्यसमितिलाई निर्देशन दिइएको छ।

‘क्रियाशील सदस्यता अद्यावधिकको कार्यमा असहयोग गरेमा विधानबमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिनेछ। असहयोग गर्ने वडा सभापतिको विवरण पालिका कार्यसमितिले केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र ११ गतेको निर्णयबमोजिम अहिले देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य भइरहेको छ। 

वडा सभापति, अनलाइन, एआइ साथी, कांग्रेसको फेसबुक पेजमा राखिएको क्युआर कोड, कांग्रेसको एपमा भएको सेल्फ सर्भिस फारमलगायतका माध्यमबाट सदस्यता अद्यावधिक गर्न सकिने कांग्रेसले जनाएको छ।

सुझावित समाचार