प्रहरीको नयाँ नारा : चुस्त प्रहरी सेवा, सुरक्षित समुदाय

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीले ‘चुस्त प्रहरी सेवा, सुरक्षित समुदाय’ रणनीतिक विषय तय गरी नयाँ रणनीतिक योजना बनाएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ०८३ देखि ०८५ सम्मका लागि तीनवर्षे नयाँ रणनीतिक योजनाको मंगलबार सार्वजनिक गरेका छन्। 

नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण भन्ने मूल भावसहित प्रहरीले नयाँ रणनीतिक योजनाको कार्यान्वयन थालेको हो। नागरिककेन्द्रित प्रहरी सेवा, प्रविधिमैत्री रूपान्तरण, मानव अधिकारप्रति प्रतिबद्धता र उच्च व्यावसायिकतामार्फत नेपाल प्रहरीलाई अझ सक्षम, उत्तरदायी, भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने अपेक्षासहित योजना तयार भएको महानिरीक्षक कार्कीले बताए। 

योजनामा कुल सात रणनीतिक क्षेत्र, ३६ रूपान्तरणकारी रणनीति र ९९ मुख्य कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। 
 

सुझावित समाचार