यस्तो छ नेकपाको एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण
यस्तो छ नेकपाको एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पार्टीका विभिन्न तहका अधिवेशन तथा  एकता महाधिवेशनको कार्यतालिका तय गरेको हो।

बैठकले ०८३ असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

भदौ १५ गतेसम्म वडा तह, १६ गतेदेखि भदौ मसान्तसम्म पालिका तहका र असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने नेकपाको कार्यतालिका छ।

कात्तिक १५ सम्म प्रदेशस्तरका अधिवेशन सकेर मंसिर ११–१५ सम्म एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने बैठकले निर्णय गरेको छ।

सुझावित समाचार