वैशाख १८ देखि काठमाडौंका सबै सुकुमवासी बस्तीमा डोजर चल्ने

वैशाख १७ गते साँझसम्म घरटहरा खाली गर्न निर्देशन

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौं जिल्लाभित्र नदीकिनाराका सबै बस्तीहरूमा वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक डोजर चल्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै वैशाख १७ गते साँझसम्म पूर्ण रूपमा घरटहरा खाली गर्न निर्देशन दिएको हो।

वर्षौँदेखि अनधिकृत रूपमा बसोबास भइआएका यी बस्तीहरूमा विपद्को जोखिमसमेतलाई मध्यनजर गरी खाली गर्न लागिएको प्रशासनले जनाएको छ।

टहराभित्रका सामानहरू अन्यत्र ढुवानी गर्नुपर्ने तथा बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्धार गर्नुपर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीले सहयोग गर्ने सूचनामा उल्लेख छ।

जिल्ला प्रशासनले वास्तविक भूमिहीनको पहिचान गरी दिगो रूपमा समस्याको समाधान हुने आश्वासन दिँदै कोही कसैको गलत हल्ला, दबाब, प्रभाव वा अफवाहका पछि नलाग्न सचेत गराएको छ।

सुझावित समाचार