ललितपुरमा भएको दुर्घटनामा सशस्त्र प्रहरीका पूर्वएसपीसहित दुईजनाको मृत्यु

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

ललितपुरमा मंगलबार भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दिउँसो १ बजेको समयमा थसिखेल चोकमा भएको दुर्घटनामा ६४ वर्षीय विदुर गुरुङ र उनकी ८४ वर्षीय आमा धनमान गुरुङको मृत्यु भएको हो।

विदुर सशस्त्र प्रहरी बलका अवकाशप्राप्त एसपी हुन्। उनले चलाएको मोटरसाइकललाई सिमेन्ट बोकेको ट्रकले ठक्कर दिएको थियो। ट्रकचालक विनोद थारूलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ। 

दुवै सवारीसाधन सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै थिए। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार