विराटनगरका खोलामा दिसापिसाब फाल्ने तीन ट्यांकर नियन्त्रणमा

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

खोलामा शौचालयको दिसापिसाब फाल्ने तीनवटा ट्यांकरलाई विराटनगर महानगरपालिकाले नियन्त्रणमा लिएको छ।

मंगलबार दिउँसो विराटनगर– ६ स्थित केसलिया खोलामाा शौचालयको फोहोर  फालिरहेको अवस्थामा महानगर प्रहरीले को.१त ३८८३, को.१त ९४०२ र को.२त ४३७० नम्बरका ट्यांकर नियन्त्रणमा लिएको हो। विराटनगर महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार पक्राउ गरिएका ट्यांकरहरूलाई फोहोरमैला निर्देशिकाअनुसार कारबाही गरिनेछ।

यसअघि महानगरले सेप्टीट्यांकी व्यवसायीहरूलाई बारम्बार सचेत गराउँदै खुला स्थानमा फोहोर नफाल्न निर्देशन दिँदै आएको थियो। तर, शौचालयको ट्यांकी सफा गर्ने व्यावसायिक टयांकरहरूले अटेर गरी खोला र किनारहरूमा शौचालयजन्य फोहोर फाल्दै आएका छन्।

सुझावित समाचार