रवि लामिछाने र प्रधानमन्त्री कार्कीबिच शिष्टाचार भेट

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। उनीहरूबिच आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै बधाई दिएका छन्। उनले छोटो समयमै देशलाई लोकतान्त्रिक निकास दिन सफल भएको भन्दै सरकारको प्रशंसा गरे।

उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ, यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालयलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’

भेटमा प्रधानमन्त्री कार्कीले सभापति लामिछानेलाई सुझाव दिँदै भनिन् , अहिले देश रोएको छ। तपाईँ युवाहरूसँग देशवासीले ठुलो अपेक्षा गरेका छन्। तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन्, तर सम्हालिएर अघि बढ्नू।'

सुझावित समाचार