
धनकुटा बजारमा आज दिउँसो पिकअप र मोटरसाइकल एक–आपसमा ठाेक्किँदा आमा–छोरा घाइते भएका छन् । दिउँसो करिब १ः३० बजे धनकुटा नगरपालिका– ६, गोकुण्डेखोलानजिक दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकलचालक धनकुटा नगरपालिका– ६ का ५१ वर्षीय लोकमणि घिमिरे र पछाडि सवार ७६ वर्षीया पार्वती घिमिरे घाइते भएको प्रहरीले बताएको छ । उनीहरू आमा–छोरा हुन् । दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको भए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएको छ ।
घाइते पार्वतीको टाउकोमा गम्भीर चोट लागेको छ । भीमनारायण चोकबाट धनकुटा नगरपालिकातर्फ जाँदै गरेको को.१च ९९३८ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको को.२६प ७७७ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएका थिए। उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।