मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार १७:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसामा विदेश जाने यात्रुको कागजात शंकास्पद देखिए प्रहरीलाई जिम्मा लगाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १७:५२:oo

अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने यात्रुको कागजात शंकास्पद भेटिए सिधै प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

भिजिट भिसा प्रणालीलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यस्तो कदम चालिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए। उनले भने, ‘भिजिट भिसा विदेश जान चाहने यात्रुले प्रयोग गरेका कागजातमा शंका लागे अब सिधै प्रहरीलाई जिम्मा लगाउने निर्णय गरिएको छ। यसले भिजिट भिसा प्रणालीलाई सहज र प्रभावकारी बनाउनेछ।’

यसअघि शंकास्पद कागजात पेस गरी प्रस्थान गर्न खोज्ने यात्रुको भ्रमणलाई रोक्ने काम मात्रै हुँदै आएको थियो।

बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रदान गर्ने निकाय अध्यागमन कार्यालय, नेपाल प्रहरी, सिआइबी, सशस्त्र प्रहरी बल नेपाल, अनुसन्धान विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, ग्राउन्ड ह्यान्डलिङको अधिकार पाएको नेपाल वायु सेवा निगम र त्रिभुवन विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो।