मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तीन अर्बका सुरक्षण मुद्रण उपकरण र संरचना आठ वर्षदेखि अलपत्र [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:१o:oo

सुरक्षाका दृष्टिले संवेदनशील नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नोट, भिसा स्टिकर, हुलाक टिकट, अन्त:शुल्क स्टिकर, सवारी लाइसेन्स र लालपुर्जा छाप्ने उद्देश्यले सरकारले खरिद गरेका करिब तीन अर्बका सामग्री र संरचना आठ वर्षदेखि अलपत्र छन् । काभ्रेको पनौतीस्थित आइटी पार्कका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले ०७३/७४ देखि उपकरण खरिद थालेको थियो । तर, आइटी पार्क अहिलेसम्म सञ्चालनमा आउन नसक्दा सामग्री अलपत्र परेका हुन् ।

तीन अर्बका सामग्री आइटी पार्कमा अलपत्र पर्दा यी सामग्री खरिदको नेतृत्व लिएका सुरक्षण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भने जेलमा छन् । कमिसनका लागि सामग्री खरिदको अनावश्यक योजना तयार गर्ने, अस्वाभाविक लागत कायम गर्ने, ठेकेदारसँग मिलेमतो गर्नेलगायत भ्रष्टाचारका तीन मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरिसकेको छ । कमिसनका लागि उनले खरिद गरेर थुपारेका महँगा सामग्री तथा उपकरण भने आइटी पार्कमा म्याद गुज्रिने र खिया लाग्ने हालतमा छन् ।

थप हेर्नुस् भिडियाेमा :