मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार १o:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मधेशका कर्मचारीसँग सिटिजन्स बैंकको अन्तरक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १o:२४:oo

सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘मधेश लिडरसिप : ड्राइभिङ पर्फमेन्स एन्ड अचिभिङ गोल्स’ सेमिनार आयोजना गरेको छ । बैंकले आफ्ना शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ यो कार्यक्रम आयोजना गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेल, उपप्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीका उपस्थितिमा सम्पन्न सेमिनारमा चालू आर्थिक वर्षका स्थानीय प्राथमिकतामा सहमति जुटाउँदै केन्द्र र प्रदेशबिच सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ ।

मधेशकेन्द्रित यो कार्यक्रमजस्तै अन्य प्रदेशमा पनि विस्तार गरिने बैंकले जनाएको छ । बैंकले आव ०८१/८२ को असार मसान्तसम्म खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढाई ६ अर्ब ३६ करोड रुपैयाँ पुर्‍याएको छ ।

कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । देशैभरि ६१ जिल्लामा फैलिएका दुई सय शाखा, एक सय ६९ एटिएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।