मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
२o८२ श्रावण २९ बिहीबार o९:३८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पाँच दिनदेखि धादिङबेँसीबाट हराइरहेका अंकित अझै भेटिएनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार o९:३८:oo

धादिङबेँसीबाट २५ साउनमा हराइरहेका ज्वालामुखी गाउँपालिका– ४ का १२ वर्षीय बालक अंकित श्रेष्ठ अझै फेला परेका छैनन् । पौडी खेल्नेक्रममा अंकितलाई अरुङ खोलाले बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

‘बेपत्ता भएको खबर पाउनेबित्तिकै खोजी कार्य सुरु गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘बगाएको आशंका भएको अरुङ खोलाआसपासदेखि थोपलको बुङचुङसम्म खोजीकार्य गरिसकेका छौँ । बुङचुङबाट त्रिशूली जोडिएको ठाउँसम्म खोजीकार्य गरेका छौँ ।’

अंकितसँगै पौडी खेल्न गएका उनका सातजना साथीहरूसँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक हमालले बताए । उनका साथीहरूले पौडी खेल्न गएको समयमा बिजुलीको झट्का लागेर खोलामा खसेर बगाएको बताएका छन् ।

ठुला मानिसहरूले भेट्ने गरी झोलिएको भए पनि साना बालकले बिजुलीको तार भेट्ने अवस्था छैन । ज्वालामुखी स्थायी घर भएका अंकित नीलकण्ठ नगरपालिका– ३ पहरेचौतारामा बस्दै आएका थिए । आइतबार गाईजात्राको सार्वजनिक बिदा भएको र साथीहरूसँग अरुङ खोलामा नुहाउन गएका वेला त्यहीँबाट हराएको उनका आफन्तको भनाइ छ ।