
सन् १९४१ : अमेरिकी राष्ट्रपति फ्यांकलिन डी रुजबेल्ट र ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिलले संयुक्त घोषणा जारी गरे, जुन पछि गएर ‘एट्लान्टिक चार्टर’ नामले परिचित भयो । सन्धि नभएर साझा उद्देश्यको घोषणाले मित्रशक्तिको दोस्रो विश्वयुद्धको लक्ष्य तोक्दै पछि गएर संयुक्त राष्ट्र संघको गठनलाई प्रभावित बनायो ।
सन् १४५७ : जोहान फोस्ट र पिटर स्कोफरले विश्वको दोस्रो छापिएको पुस्तक ‘मेन्ज साल्टर’ प्रकाशित गरे । यो गुटेनबर्गको बाइबलपछि युरोपमा छापिएको दोस्रो महत्वपूर्ण पुस्तक थियो ।
सन् १९३५ : अमेरिकामा वयोवृद्धलक्षित ‘स्थायी राष्ट्रिय पेन्सन प्रणाली’ स्थापना गर्ने विधेयक ‘सोसल सेकुरिटी एक्ट’ कार्यान्वयनमा आयो । पछि यस प्रणालीलाई असहाय, आश्रित र अन्य समूहमाझ विस्तार गरियो ।
सन् १९४५ : जापानी राजाले मित्रशक्तिसामु नि:सर्त आत्मसमर्पणको घोषणा गर्न लागेको परिपे्रक्ष्यमा त्यसलाई रोक्न सेनाको एक समूहले असफल सैन्य कुको प्रयास गर्यो ।
सन् १९४७ : पाकिस्तान ब्रिटिस उपनिवेशबाट मुक्त भयो ।
सन् १९७४ : ४० वर्षको प्रतिबन्धपछि अमेरिकाको सरकारले नागरिकलाई सुन राख्न दिने कानुन पास गर्यो ।
सन् १९७८ : पोल्यान्डको कम्युनिस्ट शासनमा बढेको महँगाइविरुद्ध उठेको विरोधमाझबाट ‘सोलिडारिटी’ नामक ट्रेड युनियनको उदय भयो ।
सन् २०१० : सिंगापुरमा पहिलोपटक ग्रीष्मकालीन युवा ओलम्पिक खेल आयोजना भयो । प्रतियोगितामा १४ देखि १८ वर्षका किशोर–किशोरी मात्र भाग लिन पाउने व्यवस्था थियो ।
सन् २०२४ : थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई एक दोषी वकिल चयन गरेको आरोपमा पदमुक्त गर्यो ।