
बुटवलका उद्योगी–व्यवसायीलाई विद्युतीय बजारीकरण (डिजिटल मार्केटिङ)सम्बन्धी तालिम प्रदान गरिएको छ । बुटवल उद्योग वाणिज्य संघले परम्परागत व्यवसाय सञ्चालन गरिरहेका र विद्युतीय बजारीकरणमा जान चाहेका व्यवसायीलाई तालिम प्रदान गरेको जनाएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयको विकासक्रमसँगै व्यापार–व्यवसायलाई समयसापेक्ष रूपमा लैजान आवश्यक देखिएको र त्यसको प्रवद्र्धनका लागि तालिम प्रदान गरिएको बताए ।
तालिममा नेपाल फिलिली टेक प्रालि काठमाडौंका संस्थापक प्रमुख कार्यकारी अधिकृत जेसिस कोइरालाले अनलाइन बिजनेस, अनलाइन बिजनेसका आधारहरू, कृत्रिम बौद्धिकता (एआई)को प्रयोगलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे जानकारी गराएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार तालिममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा वस्तुगत समितिका सभापति, उपसभापतिलगायत करिब ७० जनाको सहभागिता थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले संघले उद्योगी–व्यवसायीका लागि विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा पनि आवश्यकताअनुसारका कार्यक्रम सञ्चालन गरिने बताए ।