१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २१ बुधबार १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल र जोर्डनबिच निजी क्षेत्रको सहकार्य, व्यापार र आर्थिक सम्बन्ध विस्तार हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार १९:५४:oo

जोर्डनले नेपालसँग द्विपक्षीय आर्थिक सम्बन्धलाई मजबुत बनाउन नेपाली व्यापार प्रतिनिधिमण्डललाई चाँडै भ्रमण गराउने घोषणा गरेको छ। नेपाली प्रतिनिधिमण्डले व्यापार र लगानीका सम्भावनाहरूको अन्वेषण गर्नेछ।

नेपाल र जोर्डनबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसुफ मुस्तफा अब्दुलघानीले दुई देशबिचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन निजी क्षेत्रको नेतृत्वदायी भूमिका रहने बताए।

‘सरकारहरूले नीति बनाएपछि त्यसलाई कार्यान्वयनमा लैजाने निजी क्षेत्रले हो। जोर्डनमा पर्यटन, उत्पादन तथा औषधिजन्य क्षेत्रजस्ता थुप्रै सम्भावनाहरू छन्, हामी नेपाली व्यवसायहरूलाई स्वागत गर्न इच्छुक छौँ,’ उनले भने। 

सोमबार राजदूत अब्दुलघानीले राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको पत्र प्रस्तुत गरेका थिए। उनले काठमाडौंमा जोर्डनको अवैतनिक वाणिज्य दूतावासको औपचारिक उद्घाटन पनि गरेका छन्।

राजदूत अब्दुलघानीले हाल जोर्डनमा कार्यरत करिब तीन हजार नेपाली कामदारहरूको योगदानको पनि कदर गर्दै सन् २०१७ मा हस्ताक्षर भएको श्रम सम्झौताका आधारमा पारदर्शिता र अवसर विस्तार गर्ने उद्देश्यले त्यसलाई थप सशक्त बनाउन जोर्डन इच्छुक रहेको बताए।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मध्यपूर्वमा शान्ति स्थापनाका लागि जोर्डनले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे। उनले नेपालसँगको व्यापार सम्बन्धलाई गहिरो बनाउने जोर्डनको प्रयासलाई पनि सकारात्मक रूपमा मूल्यांकन गरे। ‘नेपालसँगको व्यापार र लगानी विस्तार गर्ने जोर्डनको रचनात्मक प्रयास सराहनीय छ,’ उनले भने।

नेपालका लागि जोर्डनका अवैतनिक वाणिज्यदूत कुनाल कायलले नेपाल–जोर्डन सहकार्यको रणनीतिक सम्भावनामा प्रकाश पार्दै नेपालमा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार र कृषि आधुनिकीकरणमा अवसरहरू रहेको उल्लेख गरे। 
नेपाल र जोर्डनबिच २० अगस्ट १९६५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

छुटाउनुभयो की ?