१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ८ सोमबार १९:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजीनामाअघि नै भट्टराईले छाडेकी थिइन् सरकारी क्वार्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार १९:o८:oo

झन्डै तीन सातादेखि शिक्षकहरूले आन्दोलन गरिरहँदा बालुवाटारमा शिक्षकको मागकेन्द्रित भएर  बसेकाे मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री भने अनुपस्थित छिन्। शिक्षकसँग सहमति खोज्न शिक्षा मन्त्रालयले तयार गरेको सातबुँदे प्रस्ताव पेस गर्ने भनिएको बैठकमा शिक्षामन्त्री नै उपस्थित भएकी हुन्।

शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाइसकेकाले उनी बैठकमा नगएकी हुन्। भट्टराईको सचिवालयका सदस्य अशेष पोखरेलका अनुसार विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि शिक्षामन्त्रीले राजीनामा दिएकी हुन्।

राजीनामाअघि आज दिउँसो प्रधानमन्त्रीलाई भेट्न मन्त्री भट्टराई बालुवाटार पुगेकी थिइन्। उनले सोही क्रममा राजीनामापत्र बुझाएकी हुन्।

त्यसो त मन्त्री भट्टराई राजीनामाअघि नै सरकारी क्वाटरबाट सरिसकेकी थिइन्। दिउँसो क्वाटर छाडेपछि भट्टराई बालुवाटार गएको उनको सचिवालयका शाखा अधिकृत प्रविनकुमार भट्टराईले जानकारी दिए। उनी आज मन्त्रालयमा पनि उपस्थित नभएको बताइएको छ।

विद्यालय शिक्षा विधेयक जारी हुनुपर्ने माग गर्दै देशभरिका शिक्षक २० दिनदेखि आन्दोलनमा छन्। तर, सरकारले शिक्षकका माग तत्कालै सम्बोधन हुन नसक्ने जनाउँदै आएको छ। शिक्षकका मागबारे प्रधानमन्त्रीले फरक मत राख्दै दबाब दिएपछि मन्त्रीले राजीनामा दिएको बुझिएको छ।