Skip This
काठमाडौं–तराई द्रुतमार्ग निर्माण कम्पनीलाई कारबाही माग
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
२o८१ चैत ३१ आइतबार o८:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं–तराई द्रुतमार्ग निर्माण कम्पनीलाई कारबाही माग

सात करोडभन्दा बढी भुक्तानी नगरेको सप्लायर्सहरूको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार o८:५o:oo

काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई कारबाही गर्न सप्लायरहरूले माग गरेका छन् । कम्पनी आयोजनामा प्रयोग गरेका सामग्रीको भुक्तानी नदिएको भन्दै उनीहरूले कारबाही माग गरेका हुन् । 

निर्माण कम्पनीले आयोजनाका लागि सप्लाई गरेको सामग्रीको १५ महिनादेखिको भुक्तानी बदनियतपूर्ण ढंगबाट नदिएको सप्लायरहरूको आरोप छ । सप्लायर कम्पनीहरू नेपाल मेसिनरी एक्जिम कम्पनी, नेपाल फास्ट ट्रयाक इन्फ्रा कन्सर्न र नेपाल मेसिनरी इन्टरप्राइजेज कम्पनीले सामग्री सप्लाई गरेबापतको सात करोड भुक्तानी पाउन बाँकी रहेको दाबी गरेका छन् ।

आयोजना निर्माण कम्पनीले तिर्नुपर्ने रकमको ब्याज हर्जानासहित भुक्तानी पाउनुपर्ने उनीहरूको दाबी छ । कम्पनीले आयोजनाका लागि फलामजन्य सामग्री वितरण गर्दै आएको सप्लायर कम्पनीका प्रबन्ध निर्देशक मुकेश सरावगीले बताए ।

उनले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बारम्बार बहाना बनाई विभिन्न समस्या देखाउँदै लिखित आश्वासनलाई समेत अटेर गरेको दाबी गरेका छन् । चिनियाँ कम्पनीको सम्पूर्ण क्रियाकलाप ठग्ने र धोका दिने नियतले प्रेरित भएकोे उनको भनाइ छ ।

निर्माण कम्पनीले नेपाल सरकारको सडक आयोजनाको नाममा नेपाली व्यापारीलाई झुटा आश्वासन दिई करोडौँ ठगी गरी भाग्न सक्ने सम्भावना रहेको भन्दै उनले उक्त ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नसमेत माग गरेका छन् ।

प्रबन्धक सरावगीका अनुसार चिनियाँ कम्पनीले मेसिनरी एक्जिम कम्पनीलाई ५१ लाख १९ हजार ७२७ रुपैयाँ, फास्ट ट्रयाक इन्फ्रा कन्सर्नलाई २ करोड ४६ लाख र मेसिनरी इन्टरप्राइजेज कम्पनीलाई तीन करोड ४१ लाख ३७ हजार रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
 

छुटाउनुभयो की ?